दफा १९
पक्राउ परेको व्यक्तिलाई हिरासतमा राख अनुमति माग्ने
संहिताको दफा १४ को उपदफा (३) बमोजिम अनुसन्धान अधिकारीबाट म्याद थपको लागि पेश हुन आएको मिसिल सहितको निवेदनमा उल्लेखित आधार र कारण मनासिव देखिएमा सम्बन्धित सरकारी वकीलले मुद्दा हेर्ने अधिकारी समक्ष म्याद थपका लागि अनुसूची-८ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
तर त्यसरी पेश भएको मिसिल अध्ययन गर्दा म्याद थप गर्नु पर्ने स्पष्ट आधार र कारण नदेखिएमा सम्बन्धित सरकारी वकीलले संहिताको दफा १५ बमोजिम धरौट वा जमानत लिई वा कुनै माथवर व्यक्तिको जिम्मामा छाडन वा तारेखमा राखको लागि सम्बन्धित अनुसन्धान अधिकारीलाइ लेखी पठाउन सक्नेछ ।